इनरुवा। आइतबार रामधुनी नगरपालिकामा एक बालकमा कोरोना संक्रमणको पुष्टी भएको छ । रामधुनी नगरपालिका वडा नं. १ का डेढ बर्षिय बालकमा संक्रमणको पुष्टी भएको हो।
बालकको पिसीआर परिक्षण गर्दा कोरोनाको संक्रमण देखिएको रामधुनी स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले बताएका हुन। बालक संगै अन्य परिवारका सदस्यको कोरोना संक्रमणको परिक्षण नेगेटिभ आएको पौडेलले जानकारी दिएका हुन।

बालक लगायत उनको परिवारका अन्य सदस्यहरु भारतबाट जेष्ठ १९ गते नेपाल प्रवेश गरेका थिए। नेपाल प्रवेश गरे संगै उनिहरु सबै जना रामधुनीको क्षेत्रिय कृषि तालिम केन्द्र झुम्का क्वारेन्टाइनको सम्पर्कमा आएका थिए। संक्रमति बालकलाई थप उपचारकालागि वि.पि. कोराइला स्वास्थ्थ विज्ञान प्रतिष्ठान धरानको आईसोलेसनमा पठाएको पौडेलले बताएका हुन।











तपाईको प्रतिक्रिया