- अमर काफ्ले

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले वार्डेन रामदेव चौधरी विरुद्ध आर्थिक अनियमितता लगायतका आरोप लगाएका छन् ।अन्सारीले कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत चौधरी तानाशाही प्रवृतिको व्यक्ति मात्र नभई आर्थिक अनियमिततामा लिप्त र हैकमवादी प्रवृतिको भएको बताए ।

आरक्ष हातामा पत्रकार सम्मेलनको आयोजना गरेका अध्यक्ष अन्सारीले वार्डेन उपर स्थानीय तहसँग समन्वय वेगर आफुखुसी गर्ने गरेको, गाउँपालिकाले चालेका योजनाहरुमा अवरोध पु¥याउने मात्र नभई आरक्षका नाममा हुने विभिन्न कामको ठेक्कापट्टाबाट मोटो रकम उठाउने गरेको जस्ता गम्भिर आरोप लगाएका छन् ।चोरी शिकारी बढ्दा समेत रोकथामका प्रयास चाल्नुको साटो पक्राउ परेका शिकारीहरुलाई समेत उन्मुक्ति दिलाउने जस्ता वार्डेनको कार्य निन्दनीय रहेको अध्यक्षको भनाई छ । उनले आरक्ष हाता भित्रका रुख कटान गरी विक्रि गर्ने गरेको समेत वार्डेन विरुद्ध आरोप लगाए । सोलार फेन्सिङका नाममा ब्रम्हलुट मच्चाएको र विभिन्न बिकासे लगायतका योजना बारम्बार एउटै ठेकेदार मार्फत गराइनुलाई समेत अध्यक्ष अन्सारीले मिलेमतोको दाबी गरे ।

पत्रकार सम्मेलनमा निकैनै खरो रुपमा प्रस्तुत भएका अध्यक्ष अन्सारीले जंगली जनावरले दुःख दिंदा र ज्यान समेत लिदा वार्डेनले वेवास्ता गर्ने गरेको बताए । जनताप्रति वार्डेनको व्यवहार रुखो रहेको भन्दै अन्सारीले वार्डेनकै कारण आरक्षको बदनाम भैरहेको समेत बताए ।

कोशी टप्पु भित्र हुने खुल्ला चरिचरणका लागि स्वयं वार्डेनकै संरक्षण रहेको समेत पत्रकार सम्मेलनमा अध्यक्षले दाबी गरे । हजारौंको सख्यामा आरक्ष भित्र चरणमा छाडिने चौपाया बापत वार्डेनले मासिक नजराना लिने गरेको आरोप समेत अन्सारीले लगाए । उनले खुल्ला चरिचरणका कारण संरक्षित जनावर अर्ना संकटमा पर्न थालेको जिकिर समेत गरे ।

पत्रकार सम्मेलन मार्फत एक पछि अर्को गम्भिर प्रकृतिका आरोप लगाएका गाउँपालिका अध्यक्ष अन्सारीले चौधरी वार्डेनका रुपमा कोशी टप्पुमा आएयता सबै थोक भद्रगोल बनेको बताए । उता गाउँपालिका अध्यक्ष अन्सारीका सबै आरोपलाई कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले झुटो भनेका छन् ।
कुनै पनि आरोपमा सत्यता नरहेको बताएका चौधरीले व्यक्तिगत रिसिवी सांध्न आफुमाथि लान्छना लगाउने काम भएको प्रतिकृया दिए । नियम संगत भएका र गर्न खोजेका कतिपय काममा गाउँपालिकाले राजनीति लाद्न खोजेकोे उनको तर्क थियो ।










तपाईको प्रतिक्रिया