- अमर काफ्ले

इनरूवा । सुनसरीमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये बराहक्षेत्र नगरपालिकामा २ र थप १ जना बर्जु गाउँपालिकाको रहेका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार बराहक्षेत्रका २ मध्ये १ महिला हुन् । बाँकी २ जना पुरूष रहेका छन् ।

संक्रमित सबै क्वारेन्टिनमा रहेका व्यक्ति हुन् । यो संगै सुनसरीमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । स्वास्थ्य कार्यालय सुनसरी को तथ्यांकमा भने संक्रमितको संख्या ६० छ । बाहिरी जिल्लाका भएपनि सुनसरीबाट स्वाब संकलन गरिएका मध्ये पोजेटिभ पाइएका २ जनालाई समेत स्वास्थ्य कार्यालय सुनसरीले जिल्लाकै सूचीमा समावेश गरेको छ । सुनसरीका संक्रमित मध्ये ७ जना निको भएर घर फर्किएका छन् ।












तपाईको प्रतिक्रिया