काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ६० पुरुष रहेका छन् । याेसँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार रौतहटका १०२ जना दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०-१० जनाको रिपोर्ट पोजेटिभ आएको छ । धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५-५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४-४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३-३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १-१ जनामा संक्रमण पुष्टि भएको छ । साथै १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।










तपाईको प्रतिक्रिया