भण्टाबारी । कोशी गाउँपालीकामा नेपाल विद्यार्थी संघ गठन भएको छ। कुन्दन मण्डलको सभापतित्वमा नेपाल विद्यार्थी संघ गठन भएको हो । सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले सोमबार मण्डलको सभापतित्वमा १९ सदस्यीय नेविसंघ कार्य समिति सर्वसहमतिबाट गठन गराइएका हुन । उक्त समितिमा कोशी गाउँपालीका क्षेत्रका ८ ओटै वार्डबाट एक एक जना उपसभापतिमा चयन भएका छन् भने सचिवमा विशाल ठाकुर र कोषाध्यक्षमा अल्फेद अन्सारी चयन भएका छन् । नेविसंघ कोशीको उपसभापतिमा १ नम्बर वार्डबाट निराजन मण्डल, २ नम्बर वार्डबाट रोशन शर्मा, ३ नम्बर वार्डबाट करिम मन्सुरी, ५ नम्बर वार्डबाट खैरुल अमिन,६ नम्बर वार्डबाट संजय यादव, ७ नम्बर वार्डबाट विष्णुकुमार रजक र ८ नम्बर वार्डबाट तन्वीर खान मिया चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा जनसेन मण्डल, रवीन्द्र शर्मा, गियास अन्सारी, नजिम आलम, सुनिल यादव, प्रदीप रजक र चन्दन कामैत रहेका छन् । नेविसंघ कोशी गठन गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै सभापति अन्सारीले स्थानीय, प्रदेश र संघीय सरकारले गरेका गलत कामको विरोध गर्दै खबरदारी गर्न तथा संगठनलाई बलियो बनाउन निर्देशन दिएका थिए । विद्यार्थी कालबाट आफूले राजनीति सुरुवात गरेको स्मरण गराउदै अन्सारीले जीवनमा आएका विभिन्न उतारचढावबाट हरेस न खाई आज आफू अहिलेको अवस्थामा आइपुगेको बताए । सो कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का उपसभापति सदानन्द मण्डल, नेपाली काङ्ग्रेस कोशी गाउँपालीका अध्यक्ष तथा वार्ड नम्बर ३ का अध्यक्ष सुलेमान मंसुरी, वार्ड नम्बर ४ का अध्यक्ष अमिन मिया नेपाली, धर्मेन्द्र विश्वास, ताहीर मंसुरी, हरेकृष्ण राउत लगायतको उपस्थिति रहेको थियो ।











तपाईको प्रतिक्रिया