माघ ७ इनरुवा /
सुनसरी प्रहरीले भिन्नाभिन्नै स्थानबाट बरामद गरेको इन्धन भन्सार बुझाएको छ ।
नरसिंह १ मा गस्तीमा रहेको प्रहरी नीरिक्षक फलबहादुर तामाङ्ग नेतृत्वको टोलीले चेकजाँचका क्रममा २६ सय लिटर डिजल बरामद गरेको थियो । त्यसैगरी प्रहरीले भोक्राहा ५ बाट ८३ सय लिटर डिजल र ३ सय लिटर पेट्रोल बरामद गरेको जनाएको छ । इन्धन तस्करी नियन्त्रणको अभियान थालेको प्रहरीले हरिपुर ९ भाण्टावारीबाट समेत ३८ सय लिटर डिजल बरामद गरेको छ । प्रहरीले विभिन्न स्थानबाट बरामत गरेको १० हजार २ सय लिटर डिजल सहित पेट्रोल सेतु बन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको जनाएको छ । प्रहरीले सीमावर्ति क्षेत्रका साथै सदरमुकाम आसपासका क्षेत्रबाट पछिल्ला केहिदिनयता ठुलो परिमाणमा इन्धन बरामद गरी भन्सार बुझाइसकेको छ ।

तपाईको प्रतिक्रिया