नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिंगमा ५ सय ८६ जना थप संक्रमितको पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ। थप संक्रमित संगै नेपालमा संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोना मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोना मुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्। त्यस्तै कोरोनाको संक्रमणले आज थप १ जनाको मृत्यु भएको छ। हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।










तपाईको प्रतिक्रिया