नेपालमा बिहिबार दिउसो सम्म थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो संगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६७१ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ। आज थप दुइ जनाको मृत्यु भएको छ। यो संगै कुल मृत्यु हुनेको संख्या २२ पुगेको छ।










तपाईको प्रतिक्रिया