काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। यो संगै मृत्यु हुनेको संख्या २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप दुई जनाको मृत्यु भएसँगै संख्या २२ पुगेको हो ।

मन्त्रालयका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ४ कैलालीका ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । धनगढीका नवजीवन अस्पतालबाट जेठ ३१ गते संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो । उनको बुधबार साँझ ७ बजे मृत्यु भएको हो । यस्तै, लम्कीचुहा २ कैलालीकै ४३ वर्षीया महिलाको पनि भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ ३१ गते टाउकोमा चोट लागेर नेपालगञ्जमा भर्ना भएकी महिलाको असार ३ गते कोरोना पुष्टि भएपनि उनको मृत्यु असार २ गते नै भएको थियो ।










तपाईको प्रतिक्रिया