नेपालमा कोरोना संक्रमितकाे संख्या ९ हजार २६ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको छ। यीसहित संक्रमितकाे संख्या ९ हजार २६ पुगेकाे छ।

कोरोना संक्रमित १९४ जना निको भएर घर फर्किएका छन्। निको हुनेमा १८६ पुरुष र ८ महिला छन्। यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा ८ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म १ लाख ७५ हजार बढीकाे पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। हालसम्म ७५ जिल्लामा काेराेना देखिएकाे गाैतमले बताए।










तपाईको प्रतिक्रिया