नेपालमा कोरोना संक्रमित मृतकको संख्या २३ पुगेको छ । कोरोना संक्रमणले गर्दा आज थप एक जनाको मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीमा एकजनाको कोरोनाबाट मृत्यु भएको हो । असार ५ गते मृत्यु भएका गुल्मी छत्राकोट ५ का ६९ वर्षका पुरुषको मृत्यु भएको हो ।

लकडाउनकै समयमा उपचारका लागि भारत गएका ती पुरुष प्यारालाइसिसका विरामी थिए । असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशालामा भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो । आइतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो । मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् ।










तपाईको प्रतिक्रिया