सुनसरीको कोशी गाउपालिका-७ हरिपुर स्थित भित्रीसड्क खण्डबाट दुई भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत सुपौल ग्राम पंचायत-१ का २० बर्षीय लक्ष्मण कुमार पासवान र सोहि स्थानका १९ बर्षीय अर्जुन कुमार पासवान रहेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिई उनिहरुको शरिर खानतलासी गर्दा कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, भारतिय रुपैया १२५० र भारतका विभिन्न बैंकका एटिम कार्ड समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गत शुक्रबार दुबै जनालाई पक्राउ गरिएतापनी अनुसन्धान पश्चात आज सार्बजनिक गरिएको उक्त कार्यालयले जनाएको छ ।










तपाईको प्रतिक्रिया