काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) नेतृ राम कुमारी चौधरीले बढदो महिला हिंसा न्यूनीकरण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन । लकडाउन अवधिको ८३ दिनमा ३७३ बलात्कारका घटना घटेका छन । प्रत्येक दिन औसत पाँच जना महिला बलात्कृत भएका छन ।

तेसै गरी बहुविवाह ३४,बालविवाह ९,मानव बेचबिखन ९ ,बोक्सी आरोपमा ८ र अप्राकृतिक मैथुन ७ घटना घटेको सांसद चौधरीले प्रतिनिधि सभा बैठकमा बताएकी छिन । नेपाल प्रहरीका अनुसार ११ चैत्र देखी ३२ जेठ सम्म देशभर महिला हिंसा सङ्ग सम्बन्धित पाँच सय ४० घटना भएको बताईन । यी घटना घटनुमा कानुन कडा नभएर हो वा कार्यन्वयनको पक्ष फितलो भएर हो । जे भए पनी यी घटनाहरु न्यूनीकरण गर्न सरकार गम्भीर हुन पर्ने सांसद चौधरीले बताईन ।








तपाईको प्रतिक्रिया