७ माघ, मोरङ/  मोरङको रंगेलीमा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको छ ।

३ जनाको ज्यान जाने गरी भएको घटनापछि हिंसा भडि्कने आंशकामा जिल्ला प्रशासन कार्यालय मोरङले पूर्वमा रंगेलीमा कर्फ्यु लगाएको हो ।

रंगेलीको पूर्वतर्फ सात किलोमिटरमा पर्ने बक्रा खोला र पश्चिममा ५ सय मिटर सम्मको क्षेत्रमा कर्फ्यू लगाइएको हो । प्रशासनले राजमार्ग क्षेत्रमा पनि कर्फ्यू लगाएको छ ।

रंगेलीको घटनापछि आक्रोशित मोर्चाका कार्यकर्ताले भने डाइनिया प्रहरी चौकीमा आगजनी गरेका छन् । यस्तै प्रर्दशनकारीले रंगेलीमा भएको एमालेको सभामा सहभागी भएर फर्किादै गरेको बसमा बडंगा भन्ने स्थानमा आगजनी गरेका छन् ।

 

तपाईको प्रतिक्रिया