इनरुवामा आज थप दुई जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। इनरुवा नगरपालिका वडा नं. ३ घर भएका संक्रमितहरु पुरुष रहेका छन। इनरुवा नगरपालिका स्वास्थ्य शाखाका मिश्रिलाल मेहताका अनुसार असार ११ गते दुवै जनाको स्वाब संक्लन गरि परिक्षणकालागि पठाईएको थियो। उनिहरुको स्वाब परिक्षण कोशी अंचल अस्पतालमा गरिएको हो।

२६ वर्षिय पुरुष असार ३ गते भारतको दिल्लीबाट र ४५ वर्षिय पुरुष असार ८ गते दुबैबाट नेपाल आएको मेहताले बताए। संक्रमित दुवै जना इनरुवा नगरपालिकाको नया बसपार्क क्वारेनटाईनमा बस्दै आएकाहुन। संक्रमणको पुष्टी भए संगै दुवै जनालाई गोठगाउँको पुर्वाञ्चल विश्वविधालयमा सञ्चालन गरिएको आईसोलेसनमा लगिएको छ। यो संगै इनरुवामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ। नया बसपार्क क्वारेनटाईनमा बस्दै आएका २ जना, क्वारेनटाईन भन्दा बाहिरका १ जना र २ जना निको भएर घर फर्किसकेको स्वास्थ्य शाखाका मेहताले बताए। असार ११ गते इनरुवा नगरपालिकाको क्वारेनटाईनबाट ४४ जनाको स्वाब संक्लन गरि परिक्षणकालागि पठाईएकोमा २ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो। आज मात्र नगरपालिकाको क्वारेन्टाईनबाट ३० जनाको स्वाब संक्लन गरि परिक्षणकालागि पाठईएको मेहताले बताए।







तपाईको प्रतिक्रिया