ईनरुवाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन। आज बिहान ईनरुवा वडा नं. ३ महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा ईनरुवा वडा नं. १० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेका छन ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आज बिहान साढे ११ बजे को १० प १९९ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट डाईलेक्स डिसी-१० बोतल र स्पास्मो प्रोक्सिभन-११४ क्याप्सुल फेला पारी बरामद गरिएको हो । विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।



तपाईको प्रतिक्रिया