बिहीबार नेपालमा कोरोनाका चार सय ७३ जना संक्रमित थपिएका छन्। जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २५ वटा प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएको हो।

बुधबारसम्म नेपालमा कोरोनाका १४ हजार ४६ जना संक्रमित थिए। त्यो संख्या बढेर बिहीबार १४ हजार पाँच सय १९ जना पुगेको हो। हालसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा ३ हजार ९ सय ९ जना, बागमती प्रदेशमा ५ सय ५ जना, गण्डकी प्रदेशमा १ हजार ८४ जना, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोना निको भएर पाँच हजार तीन सय २० जना घर फर्किएका छन्।




तपाईको प्रतिक्रिया