इटहरी। सुनसरीको इटहरीमा एक व्यक्तिले आफ्नै शरिरमा आगो लगाएर आत्महत्या प्रयास गरेका छन । इटहरी स्थित कृष्ण पेट्रोल पम्प संगै टासिएको एक होटल अघाडी ४५ वर्षीय सुर्य बहादुर अधिकारीले आत्महत्या प्रयास गरेका हुन् । स्थानीय होटलमा खाजा खाएर फोनमा कुरा गर्दा गर्दै छेउमै रहेको पेट्रेोल पम्पबाट पेट्रोल किनेर शरिरमा खन्यायी लाइटर बालेर आत्महत्या प्रयास गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।

शरिरमा लागेको आगोले गम्भिर बनेका इटहरी ५ घर भएका अधिकारीलाइ उपचारको लागि धरन स्थित बिपी प्रतिष्ठान पुर्याइएको छ । आगो लगाउने अधिकारी ट्याक्सी व्यवसायी रहेकाे बुझिएकाे छ । घटनाबारे थप अनुशन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।




तपाईको प्रतिक्रिया