- अमर काफ्ले

पौष्टिक आहार कार्यक्रम अन्र्तगत इनरुवामा रहेका गर्भवती र सुत्केरी महिलाहरुलाई हरलिक्स र क्वाँटी वितरण गरिएको छ । नगरका सबै १० वटै वडामा रहेका गर्भवती र सुत्केरी महिलाका लागि इनरुवा नगरपालिकाको कार्यालयले पौष्टिक आहार उपलब्ध गराएको हो ।


उपप्रमुख जमुना गौतम पोखरेल सहित कार्यपालिका सदस्यहरु र वडाअध्यक्षले पौष्टिक आहार वितरण गरेका थिए । वडा कार्यालय मार्फत प्राप्त सूचीका आधारमा गर्भवती र सुत्केरी महिलालाई कार्यक्रममा समावेश गरिएको पोखरेलले बताउनु भयो ।पोखरेलका अनुसार दश वटै वडामा गरी १ हजार ९० जनालाई पौष्टिक आहार वितरण गरिएको छ । गरिव, विपन्न र असहाय परिवारलाई प्राथमिकतामा राखी पौष्टिक आहार उपलब्ध गराइएको वहाँले बताउनु भयो ।




तपाईको प्रतिक्रिया