नेपालमा बितेको २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो। एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो। यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म निकाे हुनेकाे कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ ।

विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ। त्यस्तै कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लाे समय काठमाडौं नयाँ बानेश्वर बस्दै आएका एक ८५ वर्षीय वृद्धको असार १७ गते मृत्यु भएकोमा उनकाे पिसिआर परीक्षण गर्दा पाेजेटिभ नतिजा आएकाे हाे।




तपाईको प्रतिक्रिया