शुक्रबार प्रदेश १ मा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ३४ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ ।

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ देखिएको हो । झापाको मेचीनगरमा १४ जना पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष र २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, १ महिलामा संक्रमण पुष्टि भएको हो ।मोरङको विराटनगर– ३ जना पुरुष, बेलबारी र बुढीगंगा गाउँपालिकामा १–१ जना पुरुष संक्रमण पुष्टि भएको छ । उदयपुरको वेलकामा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ बाट शुक्रबार ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका ४ र सुनसरीका २ जना छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ६ पुगेको छ ।




तपाईको प्रतिक्रिया