- अमर काफ्ले

यूएनएफपीए ले इनरुवा अस्पताललाई ५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।  एक विशेष कार्यक्रमका बिच सो सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका जिसस सुनसरी प्रमुख गोपाल राजभण्डारीलाई हस्तान्तरण गरिएको छ ।

अस्पताललाई विपद्को अवस्थामा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सामग्री (आर.एच.किट) उपलब्ध गराइएको हो । यूएनएफपीए सुनसरीका कार्यक्रम अधिकृत काशी पोखरेलले उक्त सामग्री व्यवस्थापन समितिलाई जिम्मा लगाउनु भएको थियो । सामान बुझ्ने कार्यक्रममा अस्पतालका मेसु डा. सन्तोष राईका साथै डा. बालकृष्ण साह, रेडक्रसकर्मी विष्णुदेव मण्डल लगायतको उपस्थिती रहेको थियो ।

अस्पताललाई उपलब्ध गराइएका सामग्रीहरुमा बलात्कार पश्चातको उपचार किट, प्रशुती गराउन आवश्यक सहयोगी क्लिनिकल सामग्री, गर्भपतन र त्यसले निमत्याउन सक्ने जटिलताको उपचारमा सहयोगी उपचार सामग्री लगायत आवश्यक औषधीहरु रहेका छन् ।अस्पताललाई उपलब्ध गराइएका सरसामान ३ हजार जनसंख्यालाई तीन महिना धान्ने बताइएको छ ।

उक्त सामग्री आवश्यकता परे थप मात्रामा समेत सहयोग स्वरुप उपलब्ध गराउन सकिने यूएनएफपीएले जनाएको छ ।किटको सहजता संकटमा सहयोगी सावित बन्ने उसको ठहर छ । खासगरी बालबालिका माझ हुने मृत्युदर रोक्नुका साथै बिरामी दर र असक्तता न्यूनिकरणमा मद्दत गर्ने ति सामग्री उपयोगी हुने यूएनएफपीएले जनाएको छ ।



तपाईको प्रतिक्रिया