images

अमर काफ्ले माघ ८ इनरुवा/
सुनसरीको देवानगञ्ज गाविसमा दादुराको प्रकोप देखिएको छ ।
देवानगञ्ज ३ स्थित मुसहरी वस्तीमा एकसाथ २५ बढी परिवारमा दादुराको प्रकोपको देखा परेको हो ।
४ दिनअघि चिसोका कारण मृत्यु भएको भनिएकी ३ वर्षिय बालिका गिता ऋषिदेवको समेत दादुराकै कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
मुसहरी वस्तीका बालबालिकाहरुमा एकाएक दादुराका लक्षणहरु फेला परेपछि रगत र पिसाब परिक्षणका क्रममा दादुरा भएको पाइएको जनस्वास्थ्य अधिकृत डा। राजनारायण मण्डलले पुष्टि गरेका छन् ।
स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षणका क्रममा २५ बढी परिवारका ३५ भन्दा बढी बालबालिकामा दादुरा देखा परेपछि जिल्ला स्वास्थ्य कार्यालयको टोली मुसहरी वस्तीमा खटिएको जनाइएको छ ।
चिसोका कारण बालबालिकामा दादुरा देखा परेको जिल्ला जन स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
विपन्न परिवारमा एकाएक फैलिएको दादुराको प्रकोप नियन्त्रणका लागि पहल थालिएको जिल्ला अस्पताल सुनसरीले जनाएको छ ।
केहीदिनयता बढेको चिसोका कारण बालबालिकामा संक्रमकण फैलिएको भन्दै नेपाल रेडक्रस सोसाइटी सुनसरीले सो क्षेत्रमा आमा र बच्चा दुवैका लागि न्यायो कपडा वितरण गरेको छ । रेडक्रस सुनसरीका स्वास्थ्य संयोजक विष्णु मण्डल नेतृत्वको टोलीले दादुरा प्रभावित क्षेत्रमा न्यायो कपडा वितरण थालेको हो ।
मुसहरी वस्तीका अधिकांशजसो बालबालिकामा एकसाथ दादुरा फैलिएको पाइएकाले चिसोले मृत्यु भएको भनिएकी ३ वर्षिय वालिका गिता ऋषिदेवको समेत दादुराकै कारण मृत्यु भएको जिल्ला अस्पताल सुनसरीको दावी छ ।
भारतबाट देवानगंज स्थित आफन्तकहाँ आएका पाहुना बालबालिकाहरुबाट दादुरा फैलिएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया