- अमर काफ्ले

सुनसरी हुँदै देशका विभिन्न स्थान सम्म लागुऔषध पुग्ने गरेको पाइएपछि यतिबेला भने सुनसरी प्रहरीले लागुऔषध विरुद्धको स्विप अप्रेशन नै चलाएको छ ।सुनसरी प्रहरीले पछिल्लो दुई महिनामा लागुऔषध कारोबारीको निकै ठुलो नेटवर्कको पर्दाफास समेत गरेको छ ।

भारतमा रही नेपाल तर्फ लागुऔषध सप्लाई गर्ने देखी सुनसरी हुँदै नेपालका विभिन्न शहर सम्म लागुऔषध पुर्याउने कारोबारीलाई प्रहरीले समात्न सफल भएको छ ।सुनसरी प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी २ महिने प्रगती विवरण सार्वजनिक गर्दै लागुऔषध विरुद्धको स्विप अप्रेसनका बारेमा जानकारी दिएको हो ।सिआइबीमा लामो समय बसी प्रहरी प्रमुखका रुपमा सुनसरी आउनु भएका कमल थापाले स्विप अपे्रेसनको बारेमा जानकारी गराउनु भएको हो ।

थापाका अनुसार सुनसरी प्रहरीले यतिबेला दैनिकजसो ठुलो मात्रामा लागुऔषध बरामद गर्दै आएको छ । प्रहरीले लागुऔषध कारोबारीलाई समेत पक्रदै आएको छ ।सुनसरी प्रहरीले यतिबेला गम्भिर प्रकृतीका मुद्दालाई समेत प्राथमिकतामा राखी अनुसन्धान बढाएको वहाँको भनाई छ ।लक डाउनका समयमा सामान्य भन्दा गम्भिर र जटिल मुद्दा केन्द्रित बनेको सुनसरी प्रहरी जिल्लालाई लागुऔषध मुक्त बनाउने अभियानमा जुटेको प्रहरी प्रमुख थापाले बताउनु भयो ।

सुनसरी प्रहरीका अनुसार लागुऔषध तर्फ बढी मात्रामा युवा जमात संलग्न छ । बढ्दो कारोवारी रोक्न नेटवर्क पत्ता लगाउन केन्द्रित देखिएको सुनसरी प्रहरी सोही अभियानमा केन्द्रीत बनेको प्रहरी प्रमुखले बताउनु भयो ।

प्रहरीले दिएको जानकारी अनुसार भारतमा रहेका व्यक्तिले सीमामा ल्याई लागुऔषध भण्डारण गर्ने र नेपाल तर्फ रहेका व्यक्तिले सुनसरी सहित मोरङ, झापा, सप्तरी, उदयपुर लगायतका क्षेत्रमा सप्लाई गर्ने गरेको देखिएको छ । यसैगरी प्रहरीले पत्रकार सम्मेलन मार्फत श्रीमती र ससुराली मिलेर हत्या गरिएका सुनसरीको देवानगंज गाउँपालिकाका २५ वर्षिय मिथुन उरावको हत्यारा समेतलाई सार्वजनिक गरेको छ ।

ज्वाईलाई मदिरा सेवन गराई सासु ससुरा र मृतककी श्रीमती सहितको योजनामा मिथुनको हत्या गरी खाल्टो खनी पुरिएको प्रहरीले निष्कर्श निकालेको छ । घटनामा संलग्न स्थानीय सहित सबैलाई नियन्त्रणमा लिई कार्वाहीको प्रकृया अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।




तपाईको प्रतिक्रिया