नेपालमा थप ११८ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टी भएको छ । देशका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा गत २४ घण्टामा थप १ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ भने कूल ८०११ जना निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् भने ४ हजार ८ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका क्वारेन्टिनमा २३ हजार ९ सय १० जना मानिसहरू छन् । अहिलेसम्म ४८ प्रतिशत भन्दा बढी संक्रमित निको भएका छन् भने ३५ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया