- अमर काफ्ले

सप्तकोशी नदीको बहाव घट्न थालेको छ ।  बिहान २ लाख ७५ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको बहाव घटेर २ लाख ४५ हजार २ सय ३४ क्यूसेकमा झरेको छ । यतिबेला ३६ वटा ढोका खोलिएका छन् ।

यसैगरी चतरा मापन केन्द्रमा समेत पानीको तह घटेको छ । बाढी मापन केन्द्र चतराका अनुसार यतिबेला पानीको तह ५ दशमलव ३४ मिटरमा छ । चतरामा समेत यसअघी जलस्तर बढेको थियो । चतरामा बिहान ५ दशमलव ८८ मिटर तह सम्म पानी पुगेको थियो ।चतरा मापनमा क्रमशः पानीको तह घट्न थालेसँगै कोशी ब्यारेजमा हुने मापनमा समेत कमी आउन थालेको छ ।पूर्वी पहाडी भेगमा पानी पर्ने क्रम जारी रहेकाले नदीको बहावमा भने उतारचढाव हुन सक्ने अनुमान गरिएको छ ।सुनसरी प्रशासनले सप्तकोशी नदीका सबै स्परहरु सुरक्षित रहेको र ब्यारेज पुलबाट हुने पानीको बहावमा कुनै पनि असहजता नरहेको जनाएको छ ।सुनसरीका प्रहरी प्रमुख कमल थापाले आत्तिनु पर्ने अवस्था नरहेको भन्दै सम्भावित विपतलाई मध्यनजर गर्दै सावधानी सहितको पूर्वतयारी अपनाइएको जनाएका छन् ।



तपाईको प्रतिक्रिया