- अमर काफ्ले

इनरुवा। बिहानको तुलनामा सप्तकोशी नदीको बहाव क्रमशः घट्न थालेको छ । २ लाख ७५ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको बहाव घटेर २ लाख ३४ हजारमा झरेको छ । पछिल्लो अवस्थामा कोशी ब्यारेजका ३३ ढोका खोलिएका छन् । चतरा मापन केन्द्रमा समेत पानीको तह घटेको छ । चतरामा पानीको तह घट्न थालेसँगै कोशी ब्यारेजमा हुने मापनमा समेत कमी आउन थालेको छ ।

सुनसरी प्रशासनले सप्तकोशी नदीका सबै स्परहरु सुरक्षित रहेको र ब्यारेज पुलबाट हुने पानीको बहावमा कुनै पनि असहजता नरहेको जनाएको छ । सुनसरीमा अहिले सम्म बाढी र पहिरोका कारण कोही विस्थापित हुनु नपरेको भएपनि खोलाले बगाएर भने धरानमा एकजना वृद्ध वेपत्ता भएका छन् । सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार सर्दु खोलाले बगाएर धरान १३ राई टोलमा बस्दै आएका अन्दाजी ६५ वर्षका भारतीय भुपु सैनिक रामबहादुर बस्नेत बेपत्ता भएका हुन् । खोला पारी रहेको खेतमा धान रोप्न जाने क्रममा बस्नेतलाई सर्दु खोलाले बगाएको हो । उनको खोजी कार्य जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया