- दिपेन्द्र यादव

इनरूवा। इनरूवा नगरपालिकामा समेत लकडाउन अबधि भरकाे घरभाडामा घरधनीले छुट दिएकाे छ। इनरुवा १ स्थित विनोद साहको स्वामित्वमा रहेको कैलाश पर्वत होटललाई घरधनीले घरभाडामा छुट दिएको हो।

होटलका संचालक साहका अनुसार चैत ११ गते देखि असार मसान्तसम्मकाे भाडा छुट दिएकाे हो। भाेक्राहा नरसिंह गाउँपालिका निवासि घरधनि आलम अंसारीको इनरुवा वडा नं १ मा तिन तल्ले घर रहेको छ जसमा विभिन्न व्यापारि प्रतिष्ठानका साथै बैंक वित्तिय संस्थानहरु बाहालमा रहेका छन।




तपाईको प्रतिक्रिया