काठमाडौँ। नेपालमा मंगलबार थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएकासँगै संक्रमितको संख्या सङ्ख्या १७ हजार ६१ जना पुगेको छ ।

तीमध्ये १० हजार ३ सय २८ जना अर्थात् ६०.५३ प्रतिशत सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, गत २४ घण्टामा थप ३८ जनाले कोरोना जितेका छन् । प्रदेश नं १ मा ९, प्रदेश नं २ मा ४४, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा ४, प्रदेश नं ५ मा २१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा २० सङ्क्रमित फेला परेका हुन् । यसैबीच कर्णाली प्रदेशसभामा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । पछिल्ला केही दिनमा संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।



तपाईको प्रतिक्रिया