बिराटनगरको २ वटा चिया पसलबाट लागुऔषध बरामद भएको छ । बिराटनगर महानगरपालिका-१५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट आज दिउँसो लागुऔषध बरामद भएको हो । उक्त चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामना झाको चिया पसलबाट लागुऔषध Dialex dc १ बोतल, Codeine phosphate २ बोतल र Nitravet ३० चक्की तथा सहेदा खातुनको चिया पसलबाट Dialex dc ५ बोतल र बिभिन्न किसिमको लागुऔषधका खाली बोतलहरू १२ वटा बरामद गरेको हो । लागुऔषध बरामद भए संगै दुबै चिया पसलका संचालक र बिराटनगर-१७ का ३४ बर्षीय प्रदिप राईलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।




तपाईको प्रतिक्रिया