12516375_997817280266199_733846153_n
माघ ९ इनरुवा /
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले आजबाट सदरमुकाम इनरुवामा अनिश्चित कालिन बन्दको आव्हान गरेको छ ।
मधेशी मोर्चाका माग सम्बोधन हुने छाँट नदेखिएको भन्दै आन्दोलन परिचालन समिति सुनसरीले अर्को निर्णय नभए सम्मका लागि सदरमुकाम इनरुवा बन्दको आव्हान गरेको जनाएको छ ।

sp pokharel 1
सुनसरीका मोर्चा संयोजक एसएन मेहताले इनरुवा सहित आसपासका क्षेत्रमा बजार पसल, यातायात, कलकारखाना सहित सम्पूर्ण शिक्षण संस्था अर्को निर्णय नभए सम्मका लागि बन्दको आव्हान गरिएको बताउनु भयो ।

sp pokharel 4
मोर्चाले आज विहानैबाट बजार क्षेत्रमा प्रर्दशन थालेको छ । शनिवार बन्द रहने इनरुवा बजार क्षेत्रमा छिटफुट खुलेका बजार पसल समेत बन्द गर्न मोर्चाले दबाब दिएको छ ।

sp pokharel 3sp pokharel 2
मोर्चाले बसचौक क्षेत्रमा सडक अवरुद्ध गरी प्रर्दशन जारी राखेको छ । टायर बालेर प्रर्दशन गरेका मोर्चा कार्यकर्ताहरुले सरकार विरोधी नारावाजी गरिरहेका छन् ।

sp pokharel 5
मोर्चाको प्रर्दशन र अवरोधका कारण सदरमुकाम इनरुवामा साना सवारीका साधन समेत संचालनमा आउन सकेका छैनन् ।
केहि समय इनरुवामा आन्दोलनका कार्यक्रम खुकुलो पारेको मोर्चाले आजबाट आन्दोलनलाई थप ससक्त पारेको छ ।

तपाईको प्रतिक्रिया