नेपालमा आइतबार १ सय ५६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ सय ५६ जना संक्रमित थपिएका हुन्। यो सहित मुलुकभर हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन्।

विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएका छन्। यो कुल संक्रमितको ६६ प्रतिशत हो। विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। हालसम्म ३ लाख १५ हजार बढीको पिसिआर परीक्षण भएको छ। त्यस्तै हालसम्म मृतक ४० जनामा काेराेना पुष्टि भएकाे छ।




तपाईको प्रतिक्रिया