काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक छैठौं पटक स्थगित भएको छ । आज दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ५ गतेसम्मका लागि स्थगित गरिएको हो ।

साउन ६ गते (मंगलबार) बिहान ११ बजे बालुवाटारमा बस्ने गरी आज तय भएको बैठक स्थगित भएको हो । असार १० गतेदेखि जारी नेकपा बैठक पकट–पटक स्थगित हुँदै आएको छ । यसबीचमा दुई अध्यक्षबीच छलफल चलिरहेको भए पनि ठोस निष्कर्षमा पुग्न सकेका छैनन् ।




तपाईको प्रतिक्रिया