ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोवाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव ५,९४,२४०-(पाँच लाख चौरानब्बे हजार दुई सय चालिस) मुल्य बराबरका २० थान मोवाइल सेट फेला पारी आजै सम्बन्धीत धनीहरुलाई बुझाएको हो । ईलाका प्रहरी कार्यालय ईटहरीमा CDR शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ७२,१८,६२०।-(बहत्तर लाख अठार हजार आठ सय साठी) रुपैयाँ बराबरको २९६ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।




तपाईको प्रतिक्रिया