काठमाडौँ। कोरोना संक्रमणबाट मृत्यु भएका सप्तरीका वृद्धको परिवारका सबै जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राजविराजका ७२ वर्षीय ति वृद्धको बिहीबार मृत्यु भएको थियो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पुष्टि भएको २ घण्टा नबित्दै मृत्यु भएको थियो ।

ति वृद्धको श्रीमती, छोरा, बुहारी र नातीनातिना समेत कोरोना पुष्टि भएको राजविराज नगरपालिकाले जनाएको छ । मृतककी पत्नीको उपचारका लागि फागुनमै भारत गएका मृतकको परिवार २ साताअघि भारतबाट फर्किएका थिए । घर फर्केपछि मंगलबार ति वृद्धमा श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि स्वाब परीक्षण गरिएको थियो । बिहीबार उनमा कोरोना पुष्टि भएको २ घण्टापछि राती १० बजे मृत्यु भएको थियो ।



तपाईको प्रतिक्रिया