- दिलिप कुमार साह

राजविराज । राजविराज निवासी प्रसिद्ध व्यवसायीको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएपछि परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच जनासहित जिल्लामा आइतबार थप ३२ जनामा कोराना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको जम्मा संख्या ३ सय ७६ पुगेको छ ।

यता राजविराज ६ निवासी ७३ वर्षीय प्रतिष्ठित व्यवसायी एवं समाजसेवीको गत बिहीबार मृत्यु भएको थियो । उनको सिधा सम्पर्कमा आएको श्रीमति, छोरा, बुहारी, नाती नातिनी सहित परिवारका पाँच जना सदस्यमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए । उहाँको परिवारमा तीन महिला सहित दुई पुरुष गरी पाँच जना परिवारका सदस्यमा कोरोना पुष्टि भएको छ । उनले भने मृतक परिवारका पाँच र घरको एक कामदार गरी छ जनाको रिपोर्टमा कामदार बाहेक परिवारका सबै सदस्यहरुमा कोरोना पाइएको छ । मृतक दासको सिधा सम्पर्कमा आएका परिवारका सदस्य, छ जना स्टाफ सहित २९ जनाको कोरोना परीक्षणको लागि स्वाव संकलन गरिएको थियो । छ जनाको रिपोर्ट आएको छ । बाँकीको रिपोर्ट आउन बाँकी छ । १३ दिन अघि भारत दिल्ली र बिहारको दरभंगाबाट आफुसहित श्रीमतिको उपचार गराएर घर फर्किएका मधुमेह, मुटु र प्रोस्टेटका विरामी व्यवसायीको बिहीबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछि उनको घरमा सिधा आवतजावत र सम्पर्कमा रोक लगाएको छ । जिल्लाको उद्योग व्यवसायी, जातीय संगठनका प्रमुख व्यक्तित्वहरु समेत सिधा सम्पर्कमा आएको हुन सकिने अनुमान गरिएको छ ।




तपाईको प्रतिक्रिया