सुनसरी सदरमुकाम इनरुवा बजार क्षेत्रमा पानीको पर्याप्त निकास नहुदाँ घरभित्रै पानी पसेको छ । वडा नं १ को कार्यालय नजिकै रहेको घरहरुमा लगातार बर्षाका कारण पानी पसेर कठिन परिस्थीतिको सामना गर्नुपरेको छ । लगातार बर्षाका कारण पानीको बहावको मुहान पर्याप्त नभएपछि घरभित्र पानी पसेको छ ।

बर्षेनी आएको बर्खाको पानीले करिब ३० घरधुरीलाई डुबानमा पार्दै आएको छ । वडामा जादाँ नगरलाई भन्नु, नगरमा जादाँ वडासँग नैं छलफल गर्नु भनेर जन प्रतिनीधीहरुले जवाफ दिएर पन्छीदै आएको स्थानियहरुले आरोप लगाएका छन । समयमा नै गएर भन्दा पनि बेवास्ता गर्दै आएको र आश्वासनमात्र दिएर पठाउने गरेको स्थानियहरुले बताएका छन ।

कोरोनाको कहर त्यसमाथि बर्खाको पानीले गर्दा व्यपार नहुदाँ खानलाउन समेत गह्रो भएको सीता चौधरीले बताउनु भयो । महिनाको एक हजार तिरेर घर बहालमा बस्दै आएको र श्रीमान नहुदाँ छोराछारीको पालनपोषन गर्दै आएको, अहिले पानीले गर्दा घरवरीपरी जलमग्न रहेको अवस्था छ । यो बर्खाको पानीले गर्दा अहिले शौचालयसम्म समेत जानआउने अवस्था नरहेको बताउनु भयो ।

यस विषयमा वडा नं १ का वडा अध्यक्ष रामचन्द्र पौदार संग बुझ्न खोज्दा स्थानियहरु नै विकास विरोधि रहेको र उनिहरुले व्याक्तिगत स्वार्थकालागि व्यवस्थित सडक, नाला आदीको निर्माण हुन नदिएको बताउनु भयो। अध्यक्ष पौदारका अनुसार टेम्पो स्टयाण्डदेखी हस्पिटल सम्मको RCC ढलान भएको सडक विवादित भएर मुदाँ चलिरहेको छ । यसमा कुनैपनि कार्य गर्न नहुने अदालतको आदेश रहेको छ ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा, वडा अध्यक्ष भने समस्या समाधानको साटो आरोप प्रत्यारोपमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

यो पानी निकासको लागि यसै वर्ष १८ लाखको बजेट छुट्याएको अध्यक्षले बताउनु भयो । बिकासको अग्रपन्थी मानिने सडक नाला बनाउदा जहाँपनि समस्या उत्पन्न हुदैं आएको अध्यक्षले गुणासो पोख्नु भयो । सडक, ढल, नाला समयमै विकास गरि जनतालाई विकासको अनुभुति गराउनु जनप्रतिनिधिहरुको कर्तव्य हो तसर्थ बिकासको नाममा बहाना नगरि कार्य गर्नुपर्ने आवश्यता देखिएको छ । साथै स्थानियहरुले पनि समयमै सहि निर्णय गरि जनप्रतिनिधिलाई बिकास गर्न अग्रसर गराउनुपर्ने रहेको देखिएको छ ।




तपाईको प्रतिक्रिया