विराटनगर । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्ने बन्धन सिमेन्ट लोकप्रिय बन्दै गएको छ । बन्धनको ओपिसि र पिएससि सिमेन्टमा सर्वसाधारणको विश्वास देखिएको हो । उत्पादनको सुरुवातदेखि नै आक्रामक बजार विस्तार गरिरहेको कम्पनिको सिमेन्ट समेत गुणस्तरीय भएकोले लोकप्रिय भइरहेको छ । भर्खरैे लकडाउनको अवधिमा समेत उत्पादन र बजार विस्तार निरन्तर गरिरहेको कम्पनिले चाँडै पिपिसी सिमेन्ट उत्पादन थाल्ने जनाएको छ ।

बन्धन सिमेन्ट प्रदेश १ मा सबैभन्दा राम्रो बजार विस्तार भएको र गुणस्तरीय सिमेन्टका रुपमा रहेको कम्पनिका अध्यक्ष मनिषकुमार मारुले जानकारी दिए । सिमेन्टको उत्पादनमा आफूहरुले गुणस्तर मेन्टेन गरेकोले ग्राहकहरुको विश्वास जितेको बताए । बढ्दो सिमेन्टको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गरी मागको पूर्ति गर्ने उद्देश्यले उत्पादनमा जोड दिएको मारुले जानकारी दिए । मारुले ग्राहकहरुको भावनालाई मध्यनजर गरि स्तरीय र वातावरणमैत्री सिमेन्ट उत्पादन गरेको जानकारी दिए ।

अत्याधुनिक जर्मन टेक्नोलोजिबाट उच्च स्तरीय ओपिसी र पिएससी गरी दुई किसिमकोे सिमेन्ट उत्पादन हुँदै आएको छ । कम्पनिले पिपिसी सिमेन्ट पनि उत्पादन गर्ने तयारी रहेको बताइएको छ । यो सिमेन्ट सर्वाधिक मजबुत रहेको र वातावरण मैत्री रहेको कम्पनिको दावी छ । बजारमा पाइने अन्य सिमेन्टको तुलनामा मजबुतीका साथै सुलभताका कारण पनि ग्राहकहरुको मन जित्न सफल छ ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया