- दिपेन्द्र यादव

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काँग्रेसको पार्टी कार्यालय उद्घाटन तथा वृहत रक्तदान कार्यक्रम समपन्न भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको आज ३८ औं स्मृति दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाको चिरौली चौकमा पार्टी कार्यालय उद्घाटन तथा वृहत रक्तदान कार्यक्रम समपन्न गरेको हो ।

सो स्मृती दिवशको अवशरमा नेपाली काँग्रेस गाउँ ईकाई समिति भोक्राहा नरसिंहको कार्यालय उद्घाटन गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरिएको सभापति युवराज दाहालले जानकारी दिए ।
प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेस सुनसरीका सभापति राजिव कोइरालाको प्रमुख आथित्यमा भएको सो कार्यक्रममा काँग्रेसका नेता हरिलाल मेहता, केदार भण्डारी, पंकज महतो, नरेशचन्द्र राई, ऐयुब अन्सारी, ताहिर अन्सारी, जमिल अख्तर, सुर्यदेवदास उराव, जमुना पोखरेल, अनिता देवी यादव, हारुन अन्सारी, आलम अन्सारी, मुस्लिम संघ १ नं. प्रदेश सभापति ईसराईल मंसुरी, जमालुद्धिन मंसुरी, सुनिल साह, सत्रुधन यादव लगायतको सहभागिता रहेको थियो ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया