- दिलिप कुमार साह

सप्तरी । कोरोना भाइरस (कोभिड १९) संक्रमण तीब्र रुपमा फैलिएपछि राजविराज नगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको छ । भोली बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी अर्को आदेश नहुन्जेलसम्म नगर क्षेत्रलाई निषेधित क्षेत्र तोकेर निषेधज्ञा आदेश जारी गरिएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए ।

समितिको बुधबार बसेको बैठकले राजविराज नगरपालिकामा समुदाय स्तरमा संक्रमण फैलिन नदिन नगर क्षेत्रभरी सो आदेश जारी भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जयकुमार घिमिरेले बताए । निषेधित क्षेत्रमा अत्यावश्यक काम बाहेकका सम्पुर्ण आवतजावत, सवारी साधन, पसल समेत बन्द रहने उनले जानकारी दिए ।

केहि दिन अगाडि मात्र राजविराज ६ निवासी ७३ वर्षीय एक प्रतिष्ठित व्यापारीको संक्रमणबाट मृत्यु भएको थियो । उनकै सिधा सम्पर्कमा आएका उनको परिवारका पाँचै जनासहित अन्य व्याक्ति, ती व्याक्तिका पारिवारिक सदस्य, छरछिमेकमा संक्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गरिने निर्णय भएको उनले बताए ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया