विराटनगर। कोरोना संक्रमण देखिएका विराटनगरका एक ५० वर्षीय पुरुष बुधबारबाट सम्पर्कविहीन बनेका छन् । विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा स्वाब संकलन गरेर परीक्षणका लागि कोसी अस्पतालमा पठाएको थियो । मंगलबार गरिएको परीक्षणबाट उनलाई कोरोना पोजेटिभ देखिएको थियो । विराटनगर महानगरपालिकाले खोजी गरिए पनि संक्रमित पुरुषको पहिचान हुन नसकेको र हालसम्म फेला नपारिएको जानकारी दिएको छ । नर्सिङ होमले स्वाब संकलन गरे पनि ती पुरुषको स्थायी ठेगाना लेखेको थिएन । ठेगानामा विराटनगरमात्रै उल्लेख गरिएको छ । पूरै ठेगाना नटिपेका कारण कोरोना पोजेटिभ देखिएका उनलाई फेला पार्न नसकिएको जनाइएको छ ।

अस्पतालले ठेगाना स्पष्ट पार्न नसकेपछि संक्रमितको पहिचान गर्नै मुस्किल परेको महानगरका एक कर्मचारीले बताए । उनले नर्सिङ होमको लापरबाहीले यस्तो अवस्था आएको उल्लेख गरे । विराटनगर महानगरपालिकामा तीन जना संक्रमित थपिएका छन् । ती मध्ये एक जना विराटनगर–१० घर भई प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी अधिकृत हुन् । अर्का संक्रमित विराटनगर–६ का हुन् ।

दुवै जनालाई कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका लागि भर्ना गरिएको छ । सम्पर्कविहीन बनेको भनिएका पुरुष भने फेला परेका छैनन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले सम्पर्कविहीन बनेका व्यक्तिको खोजी भइरहे पनि फेला पार्न नसकिएको जानकारी दिए । पुर्वेली न्युजको सहयोगमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया