- अमर काफ्ले

पिसिआर परिक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै सुनसरी प्रशासनले लक डाउन गर्ने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको आपतकालिन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागु हुने गरी इनरुवा क्षेत्रमा पूर्ण लक डाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।कोरोना पोजेटिभ भेटिएका व्यक्ति नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । मोरङ जिल्ला कार्यक्षेत्र भएका संक्रमित पुरुष सँगको कन्ट्याक टे«सिङका आधारमा इनरुवामा लक डाउन गर्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

इनरुवा ३ घर भएका व्यक्ति कार्यालय आउजाउका क्रममा परिवारसँगको सम्पर्कमा आएको आधारमा क्लोज कन्ट्याकको अवस्था पहिचान गर्न थालिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार परिवार सहित १२ जनाको ट्रेसिङ गरिएको छ । उनीहरुको स्वाब लिएर परिक्षण गर्ने तयारी थालिएको प्रसाईले जानकारी दिए ।बिराटनगरमा गरिएको परिक्षणका क्रममा इनरुवा घर भएका पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । घर आउजाउ गरेको र छरछिमेकमा घुमफिर र बजार पसलमा पुगेको जस्ता विषय अध्ययन गरी ट्रेसिङको काम जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबिच कोरोना पोजेटिभ पाइएका व्यक्ति इनरुवाको मूख्य बजारमा रहेको दुर्गा स्टोरमा किनमेलका लागि पुगेको खुलेकाले उक्त पसल तत्कालकालागि सुनसरी प्रशासनले सिल गरेको छ ।संक्रमित सँगको सम्पर्कका आधारमा स्टोरका केही व्यक्तिहरुको समेत पिसिआर परिक्षण गरिने प्रशासनले तयारी थालेको छ ।त्यसका अलावा प्रशासनमा बसेको सरोकारवालाको बैठकले मूख्य गरी बजार क्षेत्र सहित इनरुवाका सबै वडाबाट नमूनाका रुपमा छनौट गरी पिसिआर परिक्षण गर्ने समेत निर्णय गरेको छ ।तत्कालका लागि भने भोलि गरिने पिसिआरको रिपोर्ट नआएसम्म इनरुवा बजारका सबै व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालय समेत बन्द गर्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।बैठकमा सहभागि नगर प्रमुख राजन मेहताले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी र सावधानी स्वरुप अर्को निर्णय नभए सम्म पूर्ण लक डाउनमा जाने निर्णय गरिएको बताए । उनले लक डाउनको पालना गर्न नगरवासी समक्ष आग्रह समेत गरेका छन् ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया