- अमर काफ्ले

इनरुवा। स्रोत नखुलेको रकम सहित डिभिजन बन कार्यालय सुनसरीका प्रमुख रामबाबु साह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले डिएफओ साहलाई भाण्टाबारीबाट नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले डिभिजन प्रमुख साहलाई कार्यालयको बा २ झ ४१० नम्बरको गाडीबाट स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिइएको जनाएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार डिभिजन बन प्रमुख साह श्रीमती सहित उक्त गाडीमा सवार थिए । सुनसरीबाट रौतहट तर्फ जाँदै गरेको सुचनाका आधारमा चेकजाँचको क्रममा उनीहरुको साथबाट ५ लाख ५३ हजार रुपैंया फेला परेको अख्तियारको कार्यालयले जनाएको छ । गाडीमा लुकाइएको रकमको स्रोत नखुलेकाले रकम सहित डिभिजन प्रमुखलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया