- अमर काफ्ले

इनरुवामा आज ४१ जनाको स्वाब संकलन गरिएको छ । इनरुवा अस्पतालमा सांसद सीताराम मेहता सहित स्थानीय र व्यापारी गरी ४१ जनाको स्वाब संकलन गरिएको हो ।प्रशासनले समुदायमा कोरोना फैलन नदिन लक डाउनमा कडाई गरेसँगै पीसीआर परीक्षणको दायरा समेत बढाएको छ । सोही अनुरुप इनरुवामा स्वाब संकलन गरिएको हो ।

कोरोना पोजेटिभ पाइएका महेन्द्र चोकका पुरुष किनमेलका लागि पुगेको पसल इनरुवाको मुख्य बजारमा रहेको र धेरैको आउजाउ हुने गरेकाले समेत सोही कुरालाई आधार मानी परीक्षण थालिएको सुनसरी प्रशासनले जनाएको छ ।इनरुवा अस्पतालले संक्रमित व्यक्तिको परिवार सहित छरछिमेक र बजार क्षेत्रका ब्यापारी लगायत ४१ जनाको स्वाब संकलन गरिएको जनाएको छ ।

अस्पतालले सर्वपक्षिय भेलाको निर्णय बमोजिम परीक्षण गरिएको जनाएको छ । इनरुवा अस्पतालमा पुगेर संघीय सांसद सीताराम मेहता समेतले स्वाब दिएका छन् । सांसद मेहता समेत संक्रमित किनमेलकालागि पुगेको पसलमा गएको पाइएकाले उनको समेत परीक्षण गरिएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए । मेहताले स्वाब संकलन गरिएकाहरुको रिपोर्ट नआउन्जेल सम्मकालागि नगर क्षेत्रमा लक डाउन जारी रहने बताए । संक्रमितको प्रत्यक्ष सम्पर्क र कन्ट्याक ट्रेसिङका आधारमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले नगर क्षेत्रमा हिजोबाट लक डाउनको निर्णय गरेको थियो । प्रशासनले लक डाउनलाई थप केही दिन जारी राख्ने समेत जनाएको छ ।

लामो समयको लक डाउन पछि केहि दिन खुलेको बजार पछिल्लो लक डाउनको निर्णय सँगै पुनः बन्द भएको छ । बजारमा शनिबार सर्वसाधारणको चहलपहलमा समेत कमी देखियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलका अनुसार संक्रमितको आउजाउ र घुलमेल बढी देखिएकाले स्याम्पलका आधारमा व्यक्तिहरु छनौट गरी नगर क्षेत्रमा पीसीआर परीक्षण थालिएको बताए । उनले पहिलो चरणमा संकलन गरिएको स्वाबको रिपोर्ट आएपछि त्यसको आधारमा आवश्यक निर्णय गरिने बताए । उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहका अनुसार पहिलो चरणमा बढी भिडभाड हुने क्षेत्रलाई समेटी स्थानीय र ब्यापारीहरुको स्वाब संकलन गरिएको हो ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया