नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिक सहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो। मन्त्रालयका अनुसार आज बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनी निमोमिया, मस्तिस्कघात र मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए। यस्तै पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षिय भारतीय नागरिकको पनि कोरोनाका कारण मृत्यु भएको छ। उनको साउन १० गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। ती पुरुष मुटु र मधुमेह रोगका विरामी थिए। यस्तै, धनुषा सहिदनगर ८ का ३६ वर्षीय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ। साउन १० गते ज्वरो र खोकीसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए। आइसियुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो। उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ। आज मात्र नेपालमा थप १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् भने ६ सय २६ जना डिस्चार्ज भएका छन्।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया