एक साताभित्र राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको जनाएको छ। बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले रुजुको काम भइरहेको छ। शिक्षा पत्रकार समूहको सोमबारको ‘शिक्षाबार भर्चुअल संवाद’मा परीक्षा नियन्त्रक खकुरेलले भने, ‘२५ वटा समूह बनाएर बिहीबारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम भइरहेको छ। यसै साता नतिजा प्रकाशनको तयारी गरेका छौं।’

यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए। कोभिड १९ को महामारीका कारण परीक्षा सुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो। सरकारले कोभिड–१९ का कारण परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया