- दिलिप कुमार साह

राजविराज । जिल्लाको राजगढ गाउँपालिकाले साउन १३ गते देखि अनिश्चितकालको लागि अति आवश्यक सेवा बाहेक सार्वजनिक सेवाहरु बन्द गरेको छ । कोरोना संक्रमणको जोखिम वढेपछि गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले सोमवार सुचना प्रकाशित गरी गाउँपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवाहरु बन्द भएको जानकारी दिएका हुन् । अर्काे सुचना नहुन्जेलसम्मको लागि उक्त सेवाहरु बन्द रहेन जनाइएको छ ।

विश्वब्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण समुदायमा फैलिने सम्भावनालाई मध्य नजर गर्दै उच्च जोखिम न्यूनिकरणका लागि गाउँपालिका र वडा कार्यालयहरु समेतवाट प्रदान गरिने सार्वजनिक सेवाहरु वन्द गरिएको सुचनामा उल्लेख छ । अत्यावश्यक काम वाहेक घरवाट वाहिर ननिस्किन र निस्किनै परेर अनिवार्य रुपमा मास्क लगाउन, सावुन पानीले हात धुन, ३ फिटको दुरी कायम गर्न र सेनिटाइजरको प्रयोग गर्न गाउँपालिकाको नागरिकलाई आग्रह गरेको छ । कोरोनाको संक्रमण बढन थालेपछि गाउँपालिकाको मानिसहरुलाई एक ठाउँमा जम्मा नहुन, हाट–बजार नलगाउन, भोज भतेर नगर्न, औषधी पसल बाहेक अन्य पसलहरु तोकिएको समयमा मात्र खोल्न र गाउँपालिकाको जनसमुदायलाई सचेत र सजग रहन गापाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले आग्रह गरेका छन् ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया