विराटनगर। मंगलबार विराटनगर महानगरपालिकामा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पीसीआर परीक्षणबाट १३ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको हो । १८ जना नयाँ संक्रमित थपिएसँगै समुदायस्तरमा कोरोना फैलिएको थप पुष्टि भएको विराटनगर महानगरपालिकाका कोभिड–१९ फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक हैदर अलीले बताए ।

संक्रमण देखिएका मध्ये विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा कार्यरत सात जना, महानगरका विभिन्न वडामा बसोबास गर्ने आठ जना र झापाका दुई जना रहेको जानकारी अलीले दिए । एक जनाको ठेगाना स्पष्ट छैन । मोरङ मात्रै लेखिएको हुनाले उनी कुन ठाउँका हुन् भन्ने पहिचान गर्ने क्रममा रहेको महानगरले जनाएको छ ।

हालसम्म विराट नर्सिङ होममा आवद्ध रहेका १२ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस अघि पहिलो पटक गत मंगलबार अस्पतालका बरिष्ठ चिकित्सकमा संक्रमण देखिएको थियो । ६५ वर्षीय चिकित्सकमा संक्रमण देखिएपछि महानगरले अस्पताल सिल गरेर उनको सम्पर्कमा रहेका र अस्पतालमा कार्यरतको स्वाब परीक्षणका लागि संकलन गरेको थियो ।

त्यस क्रममा सोमबार चार जना स्टाफ नर्समा संक्रमण देखिएको थियो । त्यहाँ कार्यरत अरु सात जनामा मंगलबार पुष्टि भएको हो । सात मध्ये एक जना संक्रमित चिकित्सकको घरका कामदार हुन् ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया