विराटनगर । विश्वमा अत्यधिक माग रहेको र महँगो मध्येमा पर्ने मेथाएन्फाटामाइन (आइस) लागूऔषधसहित पक्राउ परेका व्यक्ति व्यावसायमा असफल भएपछि लागूऔषध कारोबारमा लागेको खुलेको छ । मोरङ प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेललाई लागूऔषध मेथाएन्फोटामाइन (आइस) सहित मंगलबार पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा २०६१ सालमा वैदेशिक रोजगारीका लागि इराक पुगेर २०६७ सालमा फर्किएका पोखरेलले दुईवटा व्यवसायमा असफल भएपछि लागूऔषध कारोबारमा लागेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

प्रहरी उपरीक्षक खड्काका अनुसार पोखरेलको साथबाट २२२ ग्राम र घरबाट ३०८ ग्रामसहित जम्मा पाँच सय ३० ग्राम लागूऔषध बरामद भएको छ । विश्वमा महँगो मानिएको यो लागूऔषधको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम ८० डलर छ । पोखरेलको साथबाट बरामद भएको लागूऔषध नेपालमा एक करोड बढी मूल्यबराबरको रहेको प्रहरी उपरीक्षक खड्काले बताए । खड्काका अनुसार वैदेशिक रोजगारीका लागि इराक पुगेका पोखरेल सन् २०१० मा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि उनले सुन पसल सुरु गरे । तर सुन पसलमा सोचेअनुसारको मुनाफा भएन । घरमा सुरु गरेको सुनको व्यावसाय असफल भएपछि उनले मोरङको बुढीगंगा गाउँपालिका–३ मा फाइवरको ढोका र जस्तापाता बनाउने उद्योग खोले । तर उद्योग पनि घाटामा गएपछि उनी लागूऔषध करोबारमा लागे ।

प्रहरीका अनुसार कारखाना घाटामा गएपछि पोखरेलको सम्पर्क भारतीयसँग बढ्दै गएको थियो । व्यापारमा लागेको घाटा व्योहोर्न उनले लागूऔषध मेथाएन्फाटामाइनको कारोवार सुरु गरेका थिए । प्रहरीका अनुसार पोखरेलले करिब नौं महिना अघिदेखि कारोवार सुरु गरेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनी आफैं डिलर भएर विभिन्न स्थानमा सप्लाई गरेको देखिएको प्रहरी उपरीक्षक खड्काले बताए । प्रदेश १ मा पहिलो पटक बरामद भएको मेथाएन्फाटामाइनको थप कनेक्सन खोजी भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया