- अमर काफ्ले

इनरुवा। सुनसरीको चतरा बराहक्षेत्र सडक खण्डमा पहिरो पन्छाउने क्रममा खसेको ढुङगाले लागेर पैदल यात्रीको ज्यान गएको छ । पहिरो खसेर अवरुद्ध सडक जेसीभीले खुलाउने क्रममा खसेको ढुङगाले लागेर पैदल यात्री भोजपुर घर भएका अन्दाजी २० वर्षिय राजकुमार राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सडकमा खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङगा खसेको थियो । सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार ढुङगाले लागेर राईको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । मृतक राई सहित ७ जनाको समूह चतरा हुँदै पैदल घर तर्फ जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ । प्रहरीले जेसीभी चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया